दफा १५६
सम्पत्ति रोक्का राख्नु पर्ने
(१) दफा १५१ को उपदफा (४) बमोजिम पक्राउ पूर्जी जारी गरिएको ब्यक्तिको सम्पत्ति पहिले नै रोक्का नरहेको भएमा वा निज पक्राउ हुन नसकेमा सम्बन्धित प्रहरी कार्यालयले निजको अंशहकको सम्पत्ति रोक्का राख्नको लागि त्यस्तो सम्पत्तिको विवरण खुलाई अदालत समक्ष प्रतिवेदन पेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिवेदन पेश भएमा सम्बन्धित अदालतले त्यस्तो ब्यक्तिको हकको सम्पत्ति रोक्का गर्न सम्बन्धित मालपोत कार्यालय वा अन्य निकाय वा संस्थालाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम सम्पत्ति रोक्का राख्दा रोक्का राख्नु पर्नेभन्दा बढी सम्पत्ति रोक्का भएमा त्यस्तो ब्यक्तिले बढी रोक्का भएको सम्पत्ति फुकुवा गर्न सम्बन्धित अदालतमा निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन परेमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा त्यसरी बढी सम्पत्ति रोक्का रहेको देखिन आएमा त्यसरी बढी रोक्का रहेको हदसम्मको सम्पत्ति अदालतले फुकुवा गर्न सम्बन्धित मालपोत कार्यालय वा निकाय वा संस्थालाई आदेश दिन सक्नेछ र त्यसरी आदेश दिएकोमा त्यस्तो कार्यालय वा संस्थाले त्यस्तो सम्पत्ति फुकुवा गर्नु पर्नेछ ।
(५) कसूरदारले अदालतको पैmसला बमोजिम बिगोे, क्षतिपूर्ति वा अन्य कुनै रकम तिर्नुपर्ने रहेछ भने उपदफा (१) बमोजिम रोक्का रहेको सम्पत्तिबाट यस परिच्छेद बमोजिम त्यस्तो रकम भराई दिई बाँकी रहेको सम्पत्ति मात्र रोक्का गर्नु पर्नेछ ।